आइतबार र सोमबार प्रतिकूल मौसमका कारण सार्वजनिक बिदा

45

वीरगन्ज । नेपाल सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तयारी भए पनि राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको खतराको चेतावनी (अलर्ट) लाई ध्यानमा राखेर बिदा थप गरिएको हो।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेको छ। उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने रआकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने जस्ता निर्णयहरू पनि भइसकेको गृह मन्त्रालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.