दुर्गा पूजा मेलामा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी नायब निरीक्षक गौरव दास सम्मानित

191

 

गंगा पिपरा (रौतहट) आनन्द पटेल

श्री दुर्गा मन्दिर पूजासमिति, गंगा पिपरा (रौतहट) ले दुर्गा पूजा मेला उत्सवको क्रममा शान्ति–सुरक्षा, ट्राफिक व्यवस्था र भीड नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी नायब निरीक्षक गौरव कुमार दास लाई प्रशंसा–पत्र प्रदान गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि गंगा पिपरा गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह र विशेष अतिथि प्रहरी उपरीक्षक (एसपी) नेत्र मणि गिरी उपस्थित रहेका थिए। उनीहरूले नायब निरीक्षक दासको नेतृत्वमा कार्यरत सम्पूर्ण प्रहरी टोलीले मेलाको समयमा देखाएको तत्परता, व्यावसायिकता र सेवाभावको प्रशंसा गर्दै निरन्तर यसैगरी सहयोगात्मक भूमिका निभाइरहन शुभकामना व्यक्त गरे।

समितिका अध्यक्ष शैलेन्द्र कुमार सिंह र सचिव छोटान सिंहले संयुक्त रूपमा प्रशंसा–पत्र प्रदान गर्दै दुर्गा पूजा मेला सफल बनाउन प्रहरी प्रशासनको उल्लेखनीय योगदान प्रति धन्यवाद ज्ञापन गरेका थिए।

समितिले भविष्यमा पनि समाजिक सद्भाव, शान्ति–सुरक्षा र सहकार्यका लागि प्रहरी प्रशासनसँग सधैं हातेमालो रहिरहने विश्वास व्यक्त गरेको छ।

 

 

Leave A Reply

Your email address will not be published.