दलित महिला संघद्वारा दुई दिने रणनीतिक कार्यशाला सम्पन्न

13

वीरगंज–पर्साको दलित महिला संघ र ध्यmभलक ँगलम ब्कष्ब को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।

उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवे मा कार्तिक १३ गते सुरु भई १४ गते सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ वीरगंज–पर्साकी अध्यक्ष नीला राम ले गरेकी थिइन्।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न संघ–संस्था तथा समुदायका २५ जना महिला र पुरुष प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समान विचारधारा भएका संस्थाबीच सहकार्य, रणनीतिक योजना निर्माण, महिला सशक्तीकरण तथा नेतृत्व विकासका विषयमा गहन छलफल गरेका थिए।

अध्यक्ष निला रामले भनिन्,

“दलित महिला संघले समुदायमा सचेतना फैलाउने मात्र होइन, अब नीति निर्माण तहमा पनि आफ्नो सशक्त उपस्थिति सुनिश्चित गर्ने योजनामा छ। सबैको सहभागिताले मात्रै महिलाहरूको अधिकार सुदृढ बनाउन सकिन्छ। यस्तो कार्यक्रमले हाम्रो साझा लक्ष्यलाई अझ मजबुत बनाउँछ।”

कार्यक्रमका वक्ताहरूले दलित समुदाय, विशेषगरी महिलाहरूको अधिकार सुनिश्चित गर्न एकीकृत रणनीति, नीति–स्तरको संवाद र संगठनबीच सञ्जाल विस्तार को आवश्यकता औंल्याएका थिए। कार्यशाला सफलतापूर्वक र भव्य रूपमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.