मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम समिक्षा
वीरगंज २२ कार्तिक ।
संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौले नेउवामहासंघ मधेश प्रदेशसङको सहकार्यमा सन्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको बिरगंजका स्थानिय सरोकारवालाका बिच आज कार्यक्रमको पुनरावलोकनका साथै एउटा उद्योगमा परिक्षण स्याहार केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न गर्यो ।
आज बिहान नेपाल सेरामिक प्रा.लि. अन्तर्गत नेपोभिट टायल्समा स्याहार केन्द्रको महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र नेपोभिटका अध्यक्ष/प्रोप्राइटर शम्भुनाथ झाले संयुक्त रूपमा “नेपोभिट स्याहार केन्द्र” उद्घाटन गर्नुभयो। अध्यक्ष टेमानीले स्याहार केन्द्र स्थापनाका लागि नेपोभिटलाई धन्यबाद दिदै आफू जापान पढ्दा जापानका उद्योग देखि रेल्वे स्टेसनमा यस्ता स्याहार केन्द्र स्थापना गरेको देखेको र उनिहरुले उहिल्यै सुरु गरेको ब्यवस्था हामी बल्ल अपनाउदै छौ नेपोभिटको पहलको खुलेर प्रशंसा पनि गर्नुभयो।
शम्भुनाथ झाले नेपोभिटले यो कार्यलाई उदाहरणीय कार्यको थालनी भएको र यसको निरन्तर प्रवर्द्धन उद्योग लाग्ने बताउनु भयो ।
सोही दिन अध्यक्ष टेमानीकै अध्यक्षतामा अर्को समीक्षा बैठक पनि सम्पन्न भयो, जसमा मधेशमा भएका कार्यक्रमहरूको मूल्यांकन र भावी रणनीति तथा साझेदारीका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता कार्यक्रमहरू अझ व्यापक बनाउनुपर्ने बताउँदै संघको हेल्पडेस्कलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिरगंज माहानगरपालिका प्रतिनिधीले निजि क्षेत्रले स्याहार र औपचारिकिकरणमा मधेशमा गरेको कामको प्रसम्सा गर्दै हेल्पडेस्कको दिगोपनाका लागि उद्योग संगठनहरुलाई महानगरपालिकामा आएर छलफल गर्न सुझाव दिनु भयो
कार्यक्रममा महासंघका सहायक निर्देशकले प्रस्तुतिकरण गर्नुभएको थियो भने संयोजन डा. वासुदेबलाल कर्णले गर्नुभएको थियो।