पर्सा CMC ७ औं साधारणसभा: चन्देश्वर चौरसिया अध्यक्ष, सहकारी एकरूपतामा जोड

48

व्यवस्थापकहरूको क्षमता, सहकारी संस्थामा एकरूपता” भन्ने मूल नाराका साथ पर्सामा आयोजित को–अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्साको सातौँ वार्षिक साधारणसभाले चन्देश्वर चौरसियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। चौरसिया श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत हुन्।प्रमुख निर्वाचन अधिकृत जिष्णु बरालका अनुसार निर्वाचन अधिकृत संजय कुमार महतो र समीर मानन्धरको अथक प्रयासमा निर्वाचन प्रक्रिया अघि बढाइए पनि अन्ततः सहमति र सहकार्यको आधारमा पदाधिकारी चयन गरिएको हो।

सहमतिको प्रस्तावबाटै नेतृत्व चयनसभामा प्रस्तुत सहमतिको हाउसबाट चन्देश्वर चौरसियालाई अध्यक्षका रूपमा प्रस्ताव गरिएपछि उपस्थित सदस्यहरूले एकमत समर्थन जनाएका थिए। उपाध्यक्ष: रामबाबु चौधरी (जय गणेश बचत तथा ऋणसहकारीसंस्था)महासचिव: प्रदिप कुमार लोहार (कोहिनुर बचत तथा ऋण सहकारी संस्था)सचिव: दिपेन्द्र श्रेष्ठ (बैष्णोदेवी बचत तथा ऋण सहकारी संस्था)कोषाध्यक्ष: किरण ठाकुर (हिमाल बचत तथा ऋण सहकारी संस्था)संचालक समिति सदस्यहरूःदिपिका श्रेष्ठ (सनराइज नेपाल बचत तथा ऋण सहकारी)धर्मेन्द्र जैसवाल ‘डी.के. सर’चन्द्रशेखर प्रसाद साह (स्वच्छ बचत तथा ऋण सहकारी)पदेन सदस्य: रविभूषण श्रीवास्तव (निवर्तमान अध्यक्ष)शिक्षा तथा तालिम उपसमिति संयोजक: धर्मेन्द्र जैसवाल ‘डी.के. सर’ सदस्यहरूस् उमेश साह तुरहा, इन्दु रञ्जितकार“सहकारीलाई सुदृढ बनाउने मुख्य लक्ष्य” प्रमुख निर्वाचन अधिकृत प्रमुख निर्वाचन अधिकृत बरालले सहकारीका पदाधिकारी चयन हुनु पद प्रतिष्ठाको कुरा मात्र नभई सहकारी क्षेत्रलाई अझ मजबुत बनाउने सामूहिक लक्ष्य रहेको बताए।,यहाँ हामीले पद हेरेरभन्दा पनि पर्साका सबै सहकारी संस्था कसरी एउटै दिशामा अघि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेका छौँ। समस्या परेमा सबैले मिलेर समाधान गर्ने नै हाम्रो मूल लक्ष्य हो।

अध्यक्ष चौरसियाको प्रतिबद्धता नव–निर्वाचित अध्यक्ष चन्देश्वर चौरसियाले क्लबलाई चुस्त पारदर्शी र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सहकारी संस्थाका सदस्यहरुको बिमा सम्बन्धि सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख  अन्तरक्रिया तथा छलफल कार्यक्रम रणनीति अधिकृत दिवेश झाँल जानकारी गराउनु भएको थियो।उनले अन्तरक्रिया कार्यक्रममा ,क्षेत्रीय प्रमुख प्रमोद प्रसाद साह,मार्केटिङ म्यानेजर परितोष दुवेढी,सुरेश प्रसाद कुर्मी लगायतले बिमा बारे चर्चा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.