लायन्स इन्टरनेशनलको प्रतिष्ठित लिडरसिप एवार्ड वीरगञ्जका लायन गुप्तालाई

46

वीरगञ्ज, कार्तिक ३० ।

लायन्स इन्टरनेशनलले यस वर्षको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई प्रदान गरेको छ। विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई प्रदान गरिने यो पुरस्कार नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र समुदायमा पु¥याएको प्रभावका आधारमा दिइने मानिन्छ।

वीरगञ्जमा सम्पन्न लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो क्याबिनेट मिटिङ तथा एवार्ड वितरण समारोहमा गुप्तालाई सम्मानित गरिएको हो।

कार्यक्रमका प्रमुख तथा डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले गुप्ताको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै उनले पाएको सम्मान पूरा लायन्स समुदायका लागि गर्वको विषय भएको बताए।

लायन गुप्ता लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरण जस्ता क्षेत्रहरूमा सक्रिय रूपमा क्रियाशील रहँदै आएका छन्। उनले नेतृत्व गरेका परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दै लायन्स सदस्यहरूलाई सेवा कार्यमा अझ प्रेरित बनाउँदै आएको बताइएको छ।

एवार्ड ग्रहण गर्दै गुप्ताले यो सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

“सामाजिक सेवा निरन्तरता र सकारात्मक परिवर्तनका लागि प्रभावकारी नेतृत्व अपरिहार्य हुन्छ,” उनले भने, “यो सम्मानले जिम्मेवारी अझ बढाएको छ।”

कार्यक्रममा उपस्थित वरिष्ठ लायन्स पदाधिकारीहरूले गुप्ताको नेतृत्व शैली, सहयोगी स्वभाव तथा युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको यो सम्मान प्रदान गरिएको बताए।

Leave A Reply

Your email address will not be published.