सशस्त्र प्रहरीको विशेष अपरेशन : २२ वर्षीय युवक हतियार सहित समातिए

44

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका-४ देउरालीचोकबाट सशस्त्र प्रहरी बलको टोलीले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालकाे इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाकाे आधारमा बसेको संयुक्त टोलीले हिजो देउरालीचोक क्षेत्रमा पैदल हिँडिरहेका मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २२ वर्षीय सुमन आचार्यलाई पक्राउ गरेको हो ।

उनको साथबाट मेड इन इटली लेखिएको Beretta पेस्तोल १ थान, सोही मोडलको म्याग्जिन १ थान, Browning पेस्तोल १ थान, सोको म्याग्जिन १ थान, राउण्ड १३ थान, तथा खुकुरी १ थान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त हतियार सहित युवकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.