विश्व एड्स दिवसको अवसरमा एचआईभी प्रभावित विपन्न व्यक्तिहरूलाई कम्बल वितरण
विश्व एड्स दिवस (World AIDS Day) २०२५ को अवसरमा नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाको अध्यक्षतामा तथा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा एचआईभी संक्रमित तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशी प्रमुख अतिथि रहनु भयो। त्यसैगरी विशेष अतिथिका रूपमा वडा नं. ४ का अध्यक्ष श्री जगत प्रसाद साह कानु उपस्थित हुनु भएको थियो। साथै अतिथि रोटेरियन शशि रञ्जन कलवार र रोटेरियन सौरभ बर्णवालको समेत सम्मानित उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत सूचि अनुसार पहिचान गरिएका एचआईभी प्रभावित विपन्न व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरियो।
यस अभियानले आगामी कठोर जाडो मौसममा उनीहरूलाई आवश्यक सहयोग पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।