मदुवाहामा दाइजो–कुरीति विरुद्ध जागरण मञ्चको आँखा शिविर, २७२ जनाले सेवा पाए

45

बिरगंज, २२ मंसिर ।

जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा आइतबार दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

यूवा नेता सुनिल मुखियाको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागीता देखिएको थियो।

शिविरका प्रमुख अतिथि समाजसेवी बृजेश्वर प्रसाद चौधरी रहनुभएको थियो भने स्वागत मन्तव्य बृजेश पटेलले प्रस्तुत गर्नुभएको थियो।

शिविरमा केडिया आँखा अस्पतालका शिविर समन्वयक डा. सन्तोष ठाकुरको युनिट टोली सहित योगेन्द्र पटेल, फुलमती देवी, अजय साहलगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको सक्रिय उपस्थिति रहेको थियो।

शिविरमार्फत कुल २७२ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। जाँचका क्रममा ८१ जनामा मोतियाविन्दका लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ।

त्यस्तै ९६ जनालाई निःशुल्क ड्रप वितरण गरिएको छ।

मोतियाविन्द पुष्टि भएका बिरामीहरूको शल्यक्रिया बुधबार र बिहीबार दुई चरणमा केडिया आँखा अस्पताल, परवानीपुरमा गरिने जानकारी प्रमुख अतिथि चौधरीले दिनुभयो।

बिरामीहरूको सहजताका लागि आवागमनका लागि बससहित आवश्यक सम्पूर्ण सुविधा मिलाइएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.