वीरगञ्जमा Royal Enfield को नयाँ Hunter 350 उत्साहपूर्ण उद्घाटन
वीरगञ्ज, २४ मङ्सिर आनन्द पटेल —
Royal Enfield को नयाँ Hunter 350 (2025 Edition) नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। वीरगञ्जस्थित Royal Enfield Showroom मा आयोजित विशेष समारोहमा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका नेतृत्व, कम्पनीका अधिकारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री जंगगण श्रीपुर ब्यारेक वीरगञ्जका गणपति लोकेन्द्र कार्की रहेका थिए। साथै उद्योग वाणिज्य संघ पर्साका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक हरी कार्की, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकास खनाल ,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल लगायतको सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।

समारोहमा नयाँ मोटरसाइकलका विशेषताबारे कम्पनीका डाइरेक्टर अनुप अग्रवालले विस्तृत जानकारी प्रस्तुत गरे। उनले Hunter 350 को आकर्षक रङ विकल्प, उन्नत प्राविधिक फिचर, शहरी राइडिङका लागि उपयुक्त एर्गोनोमिक डिजाइन र सुरक्षा पक्षमा समावेश गरिएका ABS तथा LED हेडलाइटजस्ता सुविधाहरूको विस्तृत व्याख्या गरे। अग्रवालका अनुसार नयाँ Hunter 350 नेपाली बजारका युवा र शहर केन्द्रित राइडरहरूका लागि उपयुक्त मोडेलका रूपमा प्रस्तुत गरिएको हो।
कार्यक्रममा टेस्ट–राइड तथा बाइक प्रदर्शनले उपस्थित दर्शकलाई आकर्षित गरेको थियो। Royal Enfield ले आगामी दिनमा ग्राहक सेवाको दायरा विस्तार गर्दै वीरगञ्ज तथा आसपासका क्षेत्रका राइडरहरूलाई थप सहज र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।