गृहलक्ष्मी बचत सहकारीको १६औँ वार्षिक साधारण सभामा वृक्षरोपण कार्यक्रम सम्पन्न

16

वीरगञ्ज– गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको शुभ अवसरमा वडा नम्बर १० अशोक बाटिकामा विभिन्न ७० प्रजातिका बिरुवाहरूको वृक्षारोपण गरिएको छ ।

वडा नम्बर १० का वडाध्यक्ष सुशील शाह कानुनको प्रमुख आतित्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो। गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक राउत अहिरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निर्देशक उमेश शाह तुराहा संस्थाका प्रबन्धक रवि भूषण श्रीवास्तव संस्थाका उपाध्यक्ष जुवेर अन्सारी संस्थाका हरिओम जैसी, सुखी साह, श्यामसुन्दर शर्मा लगायत  स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक रविभूषण श्रीवास्तवले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.