शान्ति–सुरक्षा र अवैध मदिरा नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्ण सम्मानित

72

फिदिम, पाँचथर।

करदाता सेवा कार्यालय फिदिम, पाँचथरले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेबापत जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक श्री अनिश कुमार कर्णलाई  प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ।

उक्त अवसरमा करदाता सेवा कार्यालयले आफ्नो उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी प्रशासनबाट प्राप्त सहयोग, समन्वय र प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको जनाएको छ।

कार्यालयका अनुसार प्रहरी प्रशासनसँगको सहकार्यले कर प्रशासनका गतिविधि सहज, पारदर्शी तथा प्रभावकारी बनाउन सहयोग पुगेको भन्दै आगामी दिनमा पनि यस्तै समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.