पर्सा–१ का उम्मेदवार अनिल रुङ्गटाको मानवीय पहल : आश्रममा आश्रितलाई बिहानको भोजन
वीरगञ्ज । वीरगञ्जस्थित मानव सेवा आश्रममा आश्रित लक्ष्मी–नारायणहरूलाई आज बिहानको भोजन ग्रहण गराउने अवसर प्राप्त भएको छ। नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिल रुङ्गटा स्वयं उपस्थित भई आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउनुभएको हो।

आश्रममा आयोजित कार्यक्रमका क्रममा उम्मेदवार रुङ्गटाले मानव सेवा आश्रममा सेवा गर्ने आफ्नो इच्छा धेरै अघिदेखि रहेको उल्लेख गर्दै, उक्त इच्छा स–प्रेम पूरा गरिदिएकोमा आश्रम परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आजको भेटपछि आश्रममा थुप्रै सहयोगको आवश्यकता रहेको अनुभूति भएको बताउँदै, आगामी दिनमा पनि आश्रमलाई आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश मानवसेवा, सामाजिक अभियन्ता प्रकाश थारू, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी लगायतका नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
कार्यक्रमले मानवीय संवेदना, सेवा र सहकार्यको सन्देश प्रवाह गरेको थियो।