प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२: तेस्रो दिनमा ज्ञानदा, साउथ जोन र गौतम विजयी
वीरगञ्ज। प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० नक आउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन तीन खेलहरू सम्पन्न भएका छन्। दिनभरका खेलहरूमा ज्ञानदा एकेडेमी, साउथ जोन र गौतम माध्यमिक विद्यालय विजयी बनेका छन्।
पहिलो खेलमा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुललाई ६४ रनले पराजित गर्यो। १५ ओभरको खेलमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको ज्ञानदाको लक्ष्य पछ्याएको सिद्धार्थ नेशनल ५१ रनमै अलआउट भयो। ज्ञानदाका खिलराज सर्राफ म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको सूर्योदय १४ ओभरमै अलआउट हुँदै १०० रनमा सीमित रह्यो। जवाफमा साउथ जोनले ११.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अशोक बैठक म्यान अफ द म्याच भए।
तेस्रो खेलमा गौतम माध्यमिक विद्यालयले माउन्ट मकालुलाई ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको माउन्ट मकालु १५ ओभरमा ९ विकेट गुमाउँदै ५२ रनमै सीमित रह्यो। गौतमले १०.२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित हात पारे। विराट पाण्डे म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलले दर्शक र खेलकुदप्रेमीको मन जित्न सफल भएको छ।