प्रेस चौतारी नेपाल पर्सा बैठक: एमाले उम्मेदवारको पक्षमा सक्रिय हुने निर्णय

29

पर्सा — आज प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ।

बैठकले चौतारिका नेता तथा कार्यकर्ताहरूले उम्मेदवारको पक्षमा रहेर समाचार सम्प्रेषण गर्न जिम्मेवारी पाउने निर्णय पनि गरेको छ।

बैठकमा चौतारिका प्रदेश इन्चार्ज अचुत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, एमालेका जिल्ला सचिव महेश दास, प्रचार प्रमुख सुन्दर प्रसाद कुर्मी, चौतारिका इन्चार्ज तुलसी भण्डारी लगायतले वर्तमान समयमा चौतारिले गर्नुपर्ने कामबारे धारणा राखेका थिए।

बैठकका प्रमुख अतिथि, एमाले पर्साका जिल्ला सचिव महेश दासले एमाले निकट रहेका पत्रकारहरूले गर्ने कामबारे निर्देशन दिएका थिए।

बैठक अध्यक्ष निरन्जन मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.