नवदीप स्कूलमा अधययनरत कक्षा ८ का विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न

733

२६, चैत्र वीरगन्ज, आनन्द पटेल

वीरगन्ज १५ भिष्वामा सञ्चालनमा रहेको नवदीप एकाडेमी स्कूलमा कक्षा ८ मा अध्यनरत बिधार्थीहरुको  फेयरवेल, अर्थात विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरूले आयोजना गरेको बिदाई कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्य, नाटक, गीत, संगीत लगाएतका सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुत गरेका थिए ।

स्कूलका सञ्चालिका तथा प्रिन्सिपल शुशिला साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेशनल इन्फोटेक कलेजकी निर्देशिका काजल सिंहले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरेकी थिइन्। साथै उनले यस स्कूलमा आर्जन गरेको शिक्षालाई आफ्नो व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गरिन् ।

उनले राम्रो शिक्षाको लागि राम्रै स्कूल छानेर असल विद्यार्थी बन्न सबैलाई आग्रह गरिन् । स्कूलकी प्रिन्सिपल शुशिला साहले अबको एक वर्षभित्र यस स्कूलमा आफ्ना विद्यार्थीहरुका लागि ९ नौ कक्षासम्म अध्ययापन गराउने र शिक्षालाई अझ सहज र सरल रूपमा प्रदान गर्ने विषयको व्यवस्थामा आफू लागिपरेको बताइन् ।

साथै उनले सानै देखि यस स्कूलमा पढाएको आफ्ना विद्यार्थीहरूलाई आज बिदाई गर्दा धेरै दुःख पनि लागेको र आफ्ना विद्यार्थीहरूलाई स्कूलको तर्फबाट जहिले पनि साथ र सहयोग गरिरहने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा अतिथीहरुले स्कूलको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका पत्रकार जगत राईले विद्यार्थीहरुलाई जहाँ गए पनि अनुशासित भएर शिक्षा लिन सुझाव दिए । साथै उनले यस नवदिप एकाडेमी स्कूलले पछिलो दिनमा राम्रै शिक्षा दिंदै आएको पनि बताए ।

कार्यक्रममा स्कुलकी शिक्षिका, सञ्चारकर्मी नीलिमा पौडेल, श्रीनारायण महतो, आनन्द पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा कक्षा ७ र ८ का विद्यार्थीहरूको सहभागिता रहनुको साथै शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्कुलकी शिक्षिका नेहा अग्रवालले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.