नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

24

बिरगञ्ज, ११ फाल्गुन । वीरगञ्जस्थित आदर्शनगर खेल मैदानमा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आठौँ दिनका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। रोमाञ्चक प्रतिस्पर्धापछि जुनियरतर्फ Mount Hermon Secondary School तथा सिनियरतर्फ Bright Public Secondary School फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

जुनियरतर्फ

Mount Hermon Secondary School र Bright Public Secondary School बीच भएको खेलमा माउण्ट हर्मनले टस जितेर पहिले ब्याटिङ रोज्दै १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।

जवाफमा ब्राइट पब्लिक १३.३ ओभरमा ६१ रनमै समेटियो। माउण्ट हर्मन ७९ रनले विजयी हुँदै फाइनलमा प्रवेश गर्‍यो।

म्यान अफ द म्याच राजन महतो घोषित भए। उनले २.३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुका साथै १८ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिएका थिए।

सिनियरतर्फ

Lord Buddha Secondary School र Bright Public Secondary School बीच भएको खेलमा लर्ड बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो।

जवाफमा ब्राइट पब्लिकले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। ब्राइट पब्लिक ३ विकेटले विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

म्यान अफ द म्याच बन्टि सर्राफ घोषित भए। उनले २७ बलमा ३१ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याए।

फाइनल भिडन्त

भोलि जुनियरतर्फ Siddharth Academy र Mount Hermon Secondary School बीच प्रतिस्पर्धा हुनेछ भने सिनियरतर्फ Vidya Sadan Secondary School र Bright Public Secondary School बीच उपाधिका लागि भिडन्त हुनेछ।आयोजकका अनुसार फाइनल खेल भव्य रूपमा सम्पन्न गरिनेछ। प्रतियोगिताले विद्यालयस्तरको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.