वीरगञ्जमा “ग्लोबल मनी वीक २०२६” को अवसरमा प्रभातफेरी सम्पन्न

55

वीरगञ्ज, ०५ चैत – नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

प्रभातफेरी नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूमा परिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन भएको थियो। कार्यक्रममा विकास बैंक, फाइनान्स कम्पनी र वाणिज्य बैंकका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।

सहभागीहरूले हातमा ब्यानर र प्लेकार्ड बोकेर बचत, सुरक्षित लगानी, डिजिटल बैंकिङ र जिम्मेवार वित्तीय व्यवहार अपनाउने सन्देश प्रवाह गरे। नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका शाखा प्रमुख सुशील पौडेल को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.