ओम नेशनल एकेडेमी +२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

375

 

३० चैत्र, वीरगंज

बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमी ं२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको शुक्रबार स्थानीय होटल भिसुवामा भब्य रुपमा स्वागत कार्यक्रम सम्पन्न भएको छ। ओम नेशनल एकेडेमी ं२ का प्रिन्सिपल हरिश्याम ठाकुरको अध्यक्षता तथा भारतीय महावाणिज्यदूताबासका शशिभूषण कुमारको प्रमुख आतिथ्यमा सो बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि शशिभूषण कुमारले विद्यार्थीहरुमा अनुशासन हुनुपर्ने तथा मात्र विद्यार्थीहरुमा विकास हुने धारणा राख्नु भएको थियो । उनले भने आफ्नो लक्ष्य केहो त्यो विद्यार्थीहरुले ध्यान दिन जरुरी रहेकोले बताए । लक्ष्य बिना कुनै पनि विद्यार्थीहरुले केही गर्न नसक्ने भएकोले आफ्नो लक्ष्य संगसंगै समाजको इजत राख्न आवश्यकता रहेको बताएका छन् ।

त्यसैगरी बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जसरी आज ओम नेशनल एकेडेमीमा भर्ना भएर भिड लगाउनु भएको छ त्यसरी नै ंप्लस २ पास गरेर कलेजको नाम बजारमा भिड लगाएको खण्डमा मात्र यो भिडको अर्थ आउने धारणा राख्नु भएको थियो । उहाँले विद्यार्थीहरुले आफ्नो लक्ष्यमा पुग्न सपना देख्न जरुरी रहेको र यसबा साथै आमा बुवाको सपना पनि पुरा गर्न सुभाmाव दिए ।

त्यसैगरी प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले अहिले जसरी आमा बुवाका कुरा मात्र सुनेर नहुने त्यसैले सबै विद्यार्थी डाक्टर इन्जिनियर वकिल नै बन्नुपर्छ भन्ने होइन अहिलेको जमाना भनेको प्रविधिक र टेक्नोलोजीको रहेको हुनाले यस फील्डतिर पनि बिधार्थीहरुलाई धयान दिन सुझाव दिए ।

बिदाइ तथा स्वागत कार्यक्रममा ओम नेशनल एकेडेमीका प्रिन्सिपल नागिना प्रसाद कानु, , मानव सेवा आश्रमका देवेश मानव ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, त्रिजुदु माविका प्रअ नवीन मिश्रा, ओम नेशनल एकेडेमीका संस्थापक श्रीमती शोभा यादव ,उर्मिला देवी ,रेल्वे माविका प्रअ प्रभु रौनियार ,संयोजक प्रेम गुरुङ ,शिक्षक अजय यादव ,एमडी यादव ,होम बहादुर क्षेत्री ,धनश्याम मिश्रा लगायतले आ,आफ्नो धारणा एवम् शुभकामना तथा बधाई दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा संस्कृतिक गीत, संगीत प्रसतुत गरेका थिए । कार्यक्रमको सहजिकरण कक्षा ११ का विद्यार्थी भुमिका चौधरी र शुलभ चौरसियाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.