लैङ्गिक हिंसा सञ्जालको पहल: पर्सामा खुट्टा काटिएकी महिलालाई ५० हजार सहयोग

60

चैत्र १५ वीरगन्ज, आनन्द पटेल

घरायसी विवादका क्रममा श्रीमानले आफ्नी श्रीमतीको खुट्टा काटेपछि घाइते भएकी हरिकला देवी सहनीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ।

जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३, विरुवा टोलकी २५ वर्षीया हरिकला देवी सहनीलाई ३० वर्षका उनका पति विश्वनाथ सहनीले योजनाबद्ध रूपमा धारिलो हतियार (दाउ) प्रहार गरी वाँया खुट्टा काटेका थिए। यस घटनामा हरिकला घाइते अवस्थामा घरमै रगतमा छोडेर फरार भएका थिए।

पीडितको परिवारको आर्थिक अवस्था कमजोर भएकोले, जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समितिले सहयोग स्वरूप नगद रु. ५०,१०५ (पचास हजार एक सय पाँच रुपैयाँ मात्र) प्रदान गरेको छ। उक्त चेक जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुदिप राज पाठकद्वारा हरिकला देवी सहनीका आमा-बुबालाई हस्तान्तरण गरिएको छ।

समितिले यस प्रकारको सहयोगले पीडित परिवारलाई तत्काल राहत पुग्ने र भविष्यमा पुनर्स्थापना कार्यमा सघाउने आशा व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.