ग्यास अभाव विरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी

47

काठमाडौं, २ भदौ । खाना पकाउने एलपी ग्यासको अभावका कारण विद्यार्थी समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघले विद्यार्थीको समस्या तत्काल समाधान गर्न माग गर्दै मंगलबार काठमाडौंस्थित त्रिचन्द्र क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीले खाली ग्यास सिलिन्डर बोकेर सरकारको व्यवस्थापनप्रति प्रश्न उठाएका थिए। उनीहरूले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो, पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’ र ‘विद्यार्थीको समस्या समाधान गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेविसंघले ग्यासको अभावका कारण विद्यार्थीको दैनिक जीवन तथा अध्ययन प्रभावित भएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।

Leave A Reply

Your email address will not be published.