बखरीमा ‘बखरी प्रिमियम क्रिकेट टुर्नामेन्ट’ सुरु, युवा नेता साहद्वारा उद्घाटन
पर्सा, ०८ जेठ ।
धोबीनी गाउँपालिका–४ बखरीमा ‘बखरी प्रिमियम क्रिकेट टुर्नामेन्ट’ सुरु भएको छ। धोबीनी गाउँपालिका–४ बखरीस्थित Zen-Z युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
एक कार्यक्रमका बीच Zen-Z का अध्यक्ष तथा युवा नेता विनय प्रसाद साहले फिता काट्नुका साथै ब्याटिङ गर्दै टुर्नामेन्टको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले युवाहरूको भूमिका खेलकुदमा मात्र सीमित नरही देश सञ्चालनमा समेत आवश्यक रहेको बताए। उनले युवालाई खेलकुदसँगै रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा कुमार सोनु पटेल, किसुनदेव साह कानु, राजेश ठाकुर, श्याम बाबु साह, निरज गुप्ता, अरुण साह, विशाल पटेल लगायतको सहभागिता रहेको थियो।