विपन्न परिवारको आँखामा खुशीका आँसु, चौधरीले गरे ३० हजार सहयोग

414

३० वैशाख, वीरगञ्ज । जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै समाजसेवी तथा बृजेश्वर चौधरी ले एक अति विपन्न परिवारलाई नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन्।

“आफ्नो लागि त सबै बाँच्छन्, मजा त अरूका लागि बाँच्नुमै छ” भन्ने भावनासहित गरिएको उक्त सहयोगले पीडित परिवारमा खुशी थपिएको बताइएको छ। सहयोग प्राप्त गरेपछि परिवारका सदस्यको आँखामा खुशीका आँसु देखिएको र उनीहरूले चौधरीलाई मनदेखि आशीर्वाद दिएका थिए।

चौधरीले आफूले पाएको आशीर्वाद कुनै बजार वा पसलमा किनेर नपाइने उल्लेख गर्दै यस्ता सेवामूलक कार्यबाट प्राप्त हुने आत्मसन्तुष्टि नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।

सहयोग कार्यक्रममा उपस्थित स्थानीयहरूले पनि मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्। विपन्न परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै सहयोग हस्तान्तरण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.