वीरगन्ज यूवा समाजद्वारा विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सचेतना मूलक कार्यक्रम सम्पन्न

69

जेष्ठ ३, वीरगञ्ज । विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा Birgunj Yuva Samaj ले जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र मुर्लीको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबिम्ब (रिफ्लेक्टर) स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न गरेको छ।

“दुर्घटना न्यूनीकरण, हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने मूल नारासहित वीरगञ्जको माइस्थान प्राङ्गणबाट विभिन्न जनचेतनामूलक प्लेकार्डसहित र्‍याली निकालिएको थियो। र्‍याली मेनरोड हुँदै घण्टाघरसम्म पुगेको कार्यक्रममा साइकल, मोटरसाइकल, ठेला तथा ई–रिक्सामा प्रतिबिम्ब स्टिकर टाँस्दै सडक सुरक्षासम्बन्धी जनचेतना फैलाइएको थियो।

कार्यक्रम Sanjeev Thapa को अध्यक्षतामा तथा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख Yubaraj Katuwal र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख Bikram Subedi को विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा शिक्षाविद् Prakash Upadhyay, Martin Moktan, घण्टाघर प्रहरी चौकीका प्रसनी Dharmendra Chaudhary, पर्सा फुटबल संघका अध्यक्ष Roshan Gupta लगायत समाजका पदाधिकारी, ट्राफिक प्रहरी, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सो अवसरमा ट्राफिक प्रमुख कटुवालले अधिकांश सवारी दुर्घटना ट्राफिक नियम पालनामा हुने लापरबाहीका कारण हुने भएकाले सबैले अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्ने आवश्यकता औँल्याए। विशेषगरी विपन्न मजदुर, विद्यार्थी तथा हलुका सवारी प्रयोगकर्तालाई लक्षित गरी गरिएको प्रतिबिम्ब स्टिकर अभियान प्रभावकारी रहेको उल्लेख गर्दै उनले आयोजक संस्थाप्रति आभार व्यक्त गरे।

त्यसैगरी समाजका अध्यक्ष थापाले “ज्यान छ भने जहान छ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सडक सुरक्षा सम्बन्धी यस्ता कार्यक्रम वर्षमा एक पटक मात्र नभई नियमित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, अतिथि, सञ्चारकर्मी तथा सहभागीप्रति धन्यवाद व्यक्त गरे।

सञ्चारकर्मी Lalbabu Singh ले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले ट्राफिक सचेतनामूलक कार्यक्रमले सवारी चालक, स्थानीयवासी तथा समाजलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.