एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत उत्तीर्ण, नतिजा सार्वजनिक

34

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार ग्रेडवृद्धि परीक्षामा ८३ हजार ५२३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन १ लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएका थिए। तीमध्ये १ लाख २९ हजार ११४ जना मात्र परीक्षामा सहभागी भएका थिए। परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० को वेबसाइट, एसएमएस, युएसएसडी सेवा मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। साथै, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ।

यसैबीच, आफ्नो नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षण का लागि आवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Leave A Reply

Your email address will not be published.