सगरमाथा एकेडेमीको सामाजिक उत्तरदायित्व : राहत कोषमा २५ हजार २२५ रुपैयाँ सहयोग

49

असोज १३,वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका–१२, मुर्ली स्थित सगरमाथा एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा २५ हजार २२५ रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गरेको हो। विद्यालयले एनप्याब्सन केन्द्रीय कमिटी (NPABSAN Central Committee) मार्फत २५ हजार २२५ रुपैयाँको चेक राहत कोषका लागि हस्तान्तरण गरेको जनाएको छ।

विद्यालयका प्रिन्सिपल जियालाल गुप्ताका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको तर्फबाट उक्त रकम उपलब्ध गराइएको हो। विपद्का समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक हुने भएकाले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको उनले बताए।

विद्यालय प्रशासनले शिक्षा प्रदान गर्नुका साथै सामाजिक तथा मानवीय सेवामा समेत योगदान गर्नुपर्ने मान्यता अनुसार राहत कोषमा सहयोग गरिएको जनाएको छ। यस्ता सहयोगले विपद्बाट प्रभावित नागरिकलाई राहत पुग्नुका साथै विद्यार्थी तथा विद्यालय परिवारमा सामाजिक उत्तरदायित्व, सहयोगी भावना र मानवीय संवेदनाको विकासमा समेत सकारात्मक भूमिका खेल्ने विद्यालयको विश्वास छ।

सगरमाथा एकेडेमीले आगामी दिनमा पनि आवश्यकता र परिस्थिति अनुसार सामाजिक, मानवीय तथा सेवा मूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.