बीरगंज आँखा तथा दाँत अस्पताद्धारा गोल्डेन गेट एकेडेमीका विद्यार्थीहरुलाई निशुल्क आँखा शिविर सम्पन्न

191

 

१७, भर्दौ वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको बीरगंज गोल्डेन गेट एकेडेमी विद्यार्थीहरुलाई बीरगंज आँखा तथा दाँत अस्पतालद्धारा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। अहिले बच्चाहरुमा आँखा कमजोर देख्नु ९ दृष्टि दोष०मोबाइल चलाउँदा आँखा पाक्ने गर्ने भएकोले बेलामा उपचार गर्नुपर्ने चिकिस्तकहरुको सुभाmव रहेको छ । यही विषयलाई लिएर बीरगंज आँखा तथा दाँत अस्पतालले बेलाबेलामा शिविरको आयोजना गर्दै आएको अस्पतालका प्रबन्धक इम्तियाज अलीले जानकारी दिए ।

हामी आँखा उपचार न्युनिकरण गर्ने अभियानमा लागेको यद्यपि अहिले उपचार नगरे १२ वर्षपछि यसको उपचार नहुने अस्पतालका प्रबन्धक अलिले जानकारी दिए । नर्सरी देखि कक्षा १० सम्मका ३०० सय विद्यार्थीहरु लगायत अभिभावक , शिक्षक, शिक्षिकाहरुको आँखा चेकजाँच गरिएको बिधालयका प्रिन्सिपल शेष अजहरले बताएका छन् ।अहिले चेकजाँच गरिएका विद्यार्थी, अभिभावक तथा शिक्षक, शिक्षिकाहरुलाई निशुल्क अौषधि र अन्य उपचार सेवामा ५० प्रतिशत छुट अस्पतालले दिन अलीले बताए ।

यसैगरी आगामी २२ गते तिजको अवसरमा स्थानीय जनताहरुको पनि निशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरिने प्राविधिक टोलीका सदस्य प्रिति यादवले बताएकी छिन ।

Leave A Reply

Your email address will not be published.