भ्रष्टाचार खुल्ने डरले नारायणी अस्पताल सूचना लुकाउदै, सही सूचनाको मागगर्दै फेरि निवेदन दर्ता

235

 

२० भर्दौ, वीरगंज

नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने सूचना ९ दिनपछि उपलब्ध गराईएको छ । उपलब्ध गराईएको सूचना अधुरो प्राप्त भएको छ। जनताको उपचारसंग जोडिएको क्याथ लैब मेसिनको बारेमा सूचना माग गरिएको थियो । ५ करोडौंको उक्त मेसिन कुन अवस्थामा छ र अहिलेसम्म किन जडान हुन सकेन? जडान नहुनुको मुख्य कारण र तत्काल कुन मेसुको पालामा खरिद गरिएको भनेर स्पष्ट उल्लेख गरिएको भए पनि अधुरो सूचना उपलब्ध गराईएकोले फेरी निवेदन अस्पतालका कार्यालय प्रमुख अर्थात नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर महम्मद ऐनामुल हकलाई निवेदन दिईएको छ।

कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रुपमा सूचना अधिकारीलाई उपलब्ध गराउनु पर्ने तर मेसु डाक्टर हकले सबै पद आफैंले राख्नुले कहीं आफ्नो भ्रष्टाचार त खुल्ने होइन भन्ने डरले सुचना लुकाउने काम भइरहेको हुन सक्ने अनुमान गरिएको छ।

नारायणी अस्पतालको प्रारङ्गभित्र रहेको करोडौंको क्याथ ल्याब मेसिन अहिले लथालिङ्ग अवस्थामा पुगेको अस्पतालका एक कर्मचारीले बताए। क्याथ ल्याब मेसिन अहिले अस्पतालको बरान्डामा काठको बाकसमा थन्काएर राखिएको छ। उक्त मेसिन मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले रु ५ करोडौंमा २०७५ साल चैत्र ११ गते प्यासिफिक कर्मसियल कम्पनी प्राइभेट लिमिटेड काठमाडौंसंग मेसिन खरिद गरेको हो । उक्त मेसिनको मुख्य काम भनेको मानिसको मुटु नली बन्द हुदा बन्द नली खोल्ने काम गर्छ ।

जनताको करबाट करोडौं खर्च गरेर खरिद गरिएको उक्त क्याथ ल्याब मेसिन अहिले आफैं विमारी भएर उपचारको खोजीमा रहेको छ । तत्कालीन मेसुले आफ्नो कमिसनको लोभमा अस्पतालमा जडान गर्ने ठाउँ नभएको देख्दादेख्दै अन्धोपन बनेर सो मेसिन खरिद गर्ने प्रोपोगन्डा मच्चाएर कमिसन लिन सफल भएको अस्पतालका कर्मचारुहरु बताउँछन । अहिले नारायणी अस्पतालमा एनीहाउ कमिसन कमाउ भन्ने धन्दा चलिरहेको छ ।

केही दिन पहिला पनि कर्मचारी भर्ना अभियान सूचना सार्वजनिक गरेएको थियो तर समयमा मन्त्रालयबाट उक्त कर्मचारी भर्ना सुचना रद्द गरेपछि अहिले रुवाबासी चलिरहेको एक कर्मचारीले बताए । नारायणी अस्पताल उपचार गर्ने भन्दा पनि आफ्नो आसेपासेहरुलाई कसरी नियुक्ति दिने र मेरो कसरी हालिमुहाली हुने हो भन्ने सोच रहेको ती कर्मचारीले बताए ।

नारायणी अस्पतालमा लामो समयदेखि एमआरआई मेसिन पनि यतिकै थन्क्याएर राखिएको छ, जबकि उक्त एमआरआई मेसिन पनि करोडौंमा खरिद गरिएको हो । क्याथ ल्याब मेसिन अहिले काम नलाग्ने अवस्थामा पुगेको एक कर्मचारीले बताए । यसरी अस्पतालका प्रमुख पदमा बस्नेहरुले नै जन्ताको स्वास्थ्यसंग खेलवाड गर्दै आएका छन । उनीहरुको मनोमानी प्रवृतीलेगर्दा अस्पतालमा सेवा लिन आउने बिरामीहरु उचित सेवा नपाउँदा महंगो अस्पतालमा गएर उपचार गराउन बाध्य भएका छन ।

Leave A Reply

Your email address will not be published.