बाराको परवानीपुरमा फेमिली डेन्टल केयर संचालनमा, पहिलो दिन ५० भन्दा बदीको निशुल्क रुपमा उपचार

208

२२, भदौ आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ३ स्थित हबिब मारकेटमा शनिबारदेखि फेमिली डेन्टल केयर संचालनमा आएको छ । डा.सकिल अहमदले संचालन गरेको डेन्टल केयरमा स्थानियहरुले दाँत समबन्धी रोगको सजीलैसंग उपचार गराउने सक्नेछन ।

सो डेन्टल केयरको समुद्धाटन वीरगंज महानगरपालिका वडा नं २१ का पूर्व वडा अध्यक्ष हबिब मियाले रिबन काटेर गरेका छन । उनले आजदेखी यो डेन्टल केयर संचालनमा आईसकेपछी यस परवानीपुर गाउँपालिका लगायत आसपासका स्थानियहरुको लागि खुसीको कुरा भएको बताए ।

उनले डा.सकिल अहमदको निगरानीमा संचालनमा आएको यस डेन्टल केयरले कम भन्दा कम शुल्कमा दाँतको हरेक उपचार गर्ने बताए । यसका साथै हामी सबै स्थानिय जन्ताले पनि यो दाँतको क्लिनिकमा आएर सेवा लिन आग्रह गरे ।

उद्धाटन कार्यक्रममा बोल्दै डा.सकिल अहमदले परवानीपुरका स्थानियहरुको घरमै आएर सेवा दिने उदेश्यले आफु यो क्लिनिक संचालनमा ल्याएको बताए । यहाँको स्थानियहरु वीरगंजका विभिन्न ठाउँमा गएर दाँतको महंगो उपचार गराउने गरेको र कतिपय बिरामीहरु संतुस्ट समेत नरहेकोले अब एकचोटी फेमिली डेन्टल केयरमा आएर उपचार गराउन आग्रह गरे ।

उनले यस क्लिनिकमा आधुनिक मेसिनहरु जडान भएको हुँदा उपचारको मामीलामा कही कतै बाहिर जानु नपर्ने बताए । उनले भर्ने हामी कम भन्दा कम शुल्कमा यहाको स्थानीयहरुको दाँतको उपचार गर्छौ, तपाईहरुको ढुक भएर उपचार गराउन आउन आग्रह छ ।

यो क्लिनिक उद्धाटन भएको पहिलो दिन आज ५० भन्दा बढी स्थानियहरुको निशुल्क रुपमा चेकजाच गरिएको छ । यो क्लिनिकमा डा. पल्लभी मिश्राले पनि सेवा दिने छिन । उद्धाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी लगायत संचारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.