नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना

91

बिरगंज २८, अभिलाष गुप्ता

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज बिरगंज आदर्शनगर रंगशाला परिसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजबाट स्वंयसेवकहरु परिचालन गरिएको थियो।

सो कार्यक्रममा १२ हजार भन्दा बढि छोरी तथा छात्राहरुलाई आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रम रहेकोले उनिहरुको सुरक्षा सहजताका लागि उनिहरु लाई चोटपटक लागेको खण्डमा फस्ट एड उपचार प्राथमिक उपचार उपलब्ध गराउनको लागि नेपाल रेडक्रस बिरगंज शाखाका स्वंयसेवकहरुलाई परिचालन गरिएको थियोे।

आज बुधबारका दिन नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका मिना क्षेत्रि ,रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह , मुस्कान साह , मनिसा राउत , सौम्य मंडल लगाएतकाहरुको उपस्थिति रहेको थियो।यो शिविरमा आज २ जना बहिनीहरु सामान्य घाइते भई उपचार गरिएको थियोे भनी नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका थिए।

Leave A Reply

Your email address will not be published.