राखीदेखि क्विजसम्म : विद्या सदनमा विद्यार्थीको प्रतिभा प्रदर्शन
वीरगञ्ज, भदौ १८ ।
विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्।
विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार भदौ १८ गते आयोजित कार्यक्रममा राखी बनाउने प्रतियोगिता, मेहेन्दी बनाउने प्रतियोगिता तथा क्विज प्रतियोगिता सम्पन्न भएका हुन्। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, सिर्जनशीलता, ज्ञान तथा प्रतिभा प्रस्तुत गरेका थिए।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू सहभागी रहेको राखी बनाउने प्रतियोगिता दुई समूहमा सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले आकर्षक, सिर्जनात्मक तथा कलात्मक राखी निर्माण गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन सोनम कुमारी साहले गरेकी थिइन्।
समूह ‘ए’ अन्तर्गत कक्षा १ देखि ३ सम्मतर्फ प्रथम कक्षा १ ‘वाई’ की अग्रता कुमारी साह, द्वितीय कक्षा २ ‘आर’ का सलाउद्दिन रेन र तृतीय कक्षा १ ‘जी’ की सोरुका बस्नेत भएका थिए।
त्यस्तै, समूह ‘बी’ अन्तर्गत कक्षा ४ देखि ५ सम्मतर्फ प्रथम कक्षा ५ ‘बी’ का सादिक अन्सारी, द्वितीय कक्षा ४ ‘वाई’ की सिद्धि सर्राफ र तृतीय कक्षा ४ ‘वाई’ की अकृति कुमारी कानु भएका थिए।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहेको मेहेन्दी बनाउने प्रतियोगितामा विद्यार्थीहरूले आकर्षक, कलात्मक तथा सिर्जनात्मक डिजाइन प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन कपिला श्रेष्ठले गरेकी थिइन्।
मेहेन्दी प्रतियोगितामा कक्षा ६ ‘बी’ की सजाहान खातुन प्रथम, कक्षा ६ ‘आर’ की राजनन्दिनी सोनी द्वितीय र कक्षा ८ ‘जी’ की राजिया खातुन तृतीय भएका थिए।
विद्यालयका सम्पूर्ण कक्षाका विद्यार्थीका लागि खुला गरिएको क्विज प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति तथा बौद्धिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगिताको संयोजन सुमन कुमार पटेल तथा निर्मला चौधरीले गरेका थिए।
क्विज प्रतियोगितामा प्रथम स्थानतर्फ कक्षा १० का आयान अन्सारी, कक्षा ९ ‘बी’ का यश यादव र कक्षा ७ ‘आर’ की नेहा पण्डितको समूह रह्यो। द्वितीय स्थानमा कक्षा ६ ‘बी’ का गौरव श्रेष्ठ, अंशिका चौधरी र कक्षा ७ ‘आर’ की अफ्रिन खातुनको समूह तथा तृतीय स्थानमा कक्षा ८ ‘जी’ की खुश्बु पण्डित, सुनिधि झा र कक्षा ६ ‘आर’ की राजनन्दिनी सोनीको समूह रहेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा चोकोपन प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, बौद्धिक क्षमता, नेतृत्व क्षमता तथा सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन्।
विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आगामी कात्तिक २० गते डान्स कम्पिटिसन तथा रङ्गोली कम्पिटिसन आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता सम्पूर्ण विद्यार्थीका लागि खुला रहने विद्यालयले जनाएको छ।