महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

26

०६ जेष्ठ वीरगन्ज । वीरगञ्जको श्रीपुर शाखा मुर्ली प्राङ्गणमा महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १ महिला सञ्जु श्रेष्ठसहित कुल २२ जनाले रक्तदान गरेका छन्।

श्रीपुर शाखा प्रमुख ललन साह कानुको अध्यक्षता तथा बैंकका निर्देशक श्याम सुन्दर रुंगटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरुण कुमार यादव, वीरगञ्ज शाखा प्रबन्धक टिंकु रौनियार, गरिमा विकास बैंकका शाखा प्रबन्धक राजिव कुमार झा, लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सुरज कोइराला, समाजसेवी राजेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथि रुंगटाले “रक्तदान जीवनदान हो, त्यसैले सबैले नियमित रक्तदान गर्नुपर्छ” भन्ने धारणा व्यक्त गरे। शाखा प्रमुख कानुले बैंकले हरेक वर्ष वार्षिकोत्सवमा रक्तदान कार्यक्रमलाई प्राथमिकता दिने गरेको बताए।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.