धार्मिक आस्था जगेर्नामा बृजेश्वर चौधरीको साथ, मण्डलीलाई ८ हजार सहयोग

40

वीरगञ्ज आनन्द पटेल ।

जगरनाथपुर गाउँपालिका–६, माधोपुरमा वर्षौंदेखि धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्दै निरन्तर भजन–कीर्तन तथा शिव चर्चा गर्दै आएको मण्डलीलाई बृजेश्वर प्रसाद चौधरीले ८ हजार रुपैयाँ सहयोग गरेका छन्।

मण्डलीका अगुवा जगरनाथ साहलाई भजन–कीर्तनका लागि आवश्यक बाजागाजा तथा अन्य सामग्री व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले चौधरीले उक्त रकम सहयोग गरेका हुन्।

समाजमा दिनदुःखी, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्नुका साथै मानिसको मानसिक शान्ति र धार्मिक आस्थाका लागि निरन्तर निःशुल्क समय दिँदै आएका व्यक्तिहरूलाई पनि आवश्यक सहयोग गर्नुपर्ने चौधरीले बताएका छन्।

चौधरीले धार्मिक तथा सामाजिक गतिविधिमा आफ्नो अमूल्य समय समर्पण गर्दै आएका कर्मयोगीहरूलाई भजन–कीर्तन सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको स्पष्ट पारे।

स्थानीयस्तरमा वर्षौंदेखि धार्मिक गतिविधि सञ्चालन गर्दै आएको मण्डलीलाई प्राप्त सहयोगले आवश्यक बाजागाजा तथा सामग्री व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.