रक्सौल–बीरगंज मितेरी पुल क्षेत्रमा मेयर सिंहद्वारा हरियाली अभियान

43

बीरगंज। बिरगंज महानगरपालिका–१६, रक्सौल–बिरगंज मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहले २२औँ दिनको सफाइ तथा हरियाली संरक्षण अभियानको कार्यक्रम सुरु गरेका छन्।

अभियानमा बिरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वार्टर्स पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०ले सहकार्य गरेका छन्।

आजको कार्यक्रममा मेयर सिंहले १०–१५ फिट उचाइका बिरुवा रोपेका छन्। अभियानले हरियाली संरक्षण, वातावरणीय स्वच्छता र सीमाक्षेत्रको सौन्दर्यकरणको उद्देश्य राख्दै दैनिक गतिविधि सञ्चालन गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.