पुनम चौधरी अध्यक्ष र अर्जुन चौधरी सचिवमा चयन, थारु पत्रकार संघ पर्सामा नयाँ नेतृत्व

55

वीरगञ्ज, असार १३ – थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनबाट पुनम चौधरी अध्यक्ष तथा अर्जुन चौधरी सचिवमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।

शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न अधिवेशनमा शान्तकुमार चौधरी प्रमुख अतिथि, सन्तोष दहित विशिष्ट अतिथि तथा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा संघका सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले थारु पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा पत्रकारिताको गुणस्तर विकासका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, संगठनलाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै थारु समुदायका पत्रकारहरूको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यसमेत उनीहरूले व्यक्त गरेका छन्।

अधिवेशनले संघभित्र एकता, सहकार्य र संस्थागत विकासलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। नयाँ नेतृत्व चयनसँगै थारु पत्रकार संघ पर्साले आगामी दिनमा पत्रकारहरूको पेशागत विकास तथा समुदायका सवालहरूलाई प्रभावकारी रूपमा उठान गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.